दुर्गा प्रसाईँलाई सरकारी वकिलकाे कार्यालय लगियो

होमल्याण्ड खबर

२०८२ मंसिर ३ गते, मंगलवार १३:५१ मा प्रकाशित

दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा रहेका बेला गएराति पक्राउ परेका थिए ।

उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए । यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् ।

पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।

पछिल्लो समय उनले काठमाडौंका मेयर बालेन साहको घरमा आगो झोस्न, परिवारका सदस्यमाथि झम्टन निर्देशनात्मक अभिव्यक्ति दिएका थिए ।