२५ फाल्गुन २०८२, सोमबार
राष्ट्रियसभाको सचिवमा तुलबहादुर कंडेल नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजदेखि लागु हुने गरी राष्ट्रियसभाको सचिवमा नियुक्ति गर्नुभएको हो ।


राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–८ निवासी कंडेललाई नियुक्ति गरिएको हो ।
उहाँको सपथ आजै दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि समितिको सभाहलमा हुने जनाइएको छ ।