सुनको मुल्य तोलामा ९०० सय रुपयाँले बढ्यो

होमल्याण्ड खबर

२०८२ मंसिर ११ गते, बुधबार ११:१२ मा प्रकाशित

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले वृद्धि भएको हो।

मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि उकालो लागेको छ।

महासंघका अनुसार चाँदी तोलामा २० रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ कायम भएको छ।