सर्वोच्च अदालत जलाउने पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ

होमल्याण्ड खबर

२०८२ मंसिर ११ गते, बुधबार १६:१२ मा प्रकाशित

सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन् ।

पूर्वमाओवादी केन्द्रका नेतासमेत रहेका ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो । अदालत जलाएको फुटेजका आधारमा उनको संलग्नता पत्ता लागेको थियो ।

यसअघि सर्वोच्चमा आगजनी तथा तोडफोड गर्ने दुई युवकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।