२२ फाल्गुन २०८२, शुक्रबार
NPL मा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा सुदूरपश्चिमले बलिङ रोजेपछि अब लुम्बिनी लायन्सले ब्याटिङ गर्ने भएको छ ।


शीर्ष स्थानमा रहेको सुदूरपश्चिम अपराजित छ जसले तीनै खेलमा जित निकालेको छ । उसले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले र तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको थियो ।
तीनै खेल खेलेको लुम्बिनीले एक खेल मात्रै जितेको छ । पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेट र तेस्रोमा काठमान्डु गोर्खाजसँग २२ रनले पराजित भएको थियो ।