सुदूरपश्चिमविरूद्ध लुम्बिनी १४३ रनमै अलआउट

होमल्याण्ड खबर

२०८२ मंसिर १२ गते, बिहीबार १३:३५ मा प्रकाशित

नेपाल प्रियिमर लिग (NPL) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनी १९.४ ओभरमा अलआउट हुँदै १४३ रनमा रोकियो ।

लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले ३५, दिलिप नाथले ३१, सुमित महर्जन र डार्सी शर्टले १८–१८ रन जोड्दा गुलबदिन नैब ११ रनमा आउट भए ।

रुबेन ट्रम्पलम्यान शून्यमा रनआउट भएका थिए ।

सुदूरपश्चिमका लागि हर्मित सिंह र अविनाश बोहराले तीन-तीन विकेट लिँदा हेमन्त धामीले दुई विकेट लिए ।