ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिए एमालेका ७ पदाधिकारी

होमल्याण्ड खबर

२०८२ मंसिर १३ गते, शुक्रबार १६:५३ मा प्रकाशित

नेकपा एमालेका ७ जना पदाधिकारीहरू अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् ।

उनीहरूको आज शुक्रबार भएको अनौपचारिक छलफलबाट नेतृत्वको निरन्तरतामा उभिने निष्कर्ष निकालेका हुन् । उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल रहेका छन् ।

उनीहरूले पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रलाई सही ढङ्गले दिशा निर्देश गर्न सक्ने सक्षम केन्द्रीय कमिटी निर्माण गर्न योगदान गर्ने निष्कर्ष अघि सारेका छन् ।