मेयर बालेनलाई पितृशोक

होमल्याण्ड खबर

२०८२ मंसिर १६ गते, सोमबार १३:१२ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको निधन भएको हो ।

आयुर्वेदिक चिकित्सक शाहको उपचारका क्रममा सोमबार (मंसिर १५) मध्याह्न करिब १२ बजे नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको जनाइएको छ ।

अस्पताल स्रोतका अनुसार, उपचारका निम्ति उनलाई आइतबार (मंसिर १४) सिभिल लगिएको थियो । “उहाँको आज १२ बजे निधन भएको हो,” अस्पताल स्रोतले भन्यो ।

स्रोतका अनुसार, शाहमा पिसाबसम्बन्धी समस्या देखिएको थियो ।

सोमबारै बिहान प्रधानमन्त्री सुशीला कार्की उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेकी थिइन् ।