२२ फाल्गुन २०८२, शुक्रबार
यूएईले एसीसी मेन्स यू-१९ प्रिमियर कप-२०२५ को फाइनलमा सोमबार पहिले ब्याटिङ गर्दै नेपालसामु १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दयानन्द मण्डलले घातक बलिङ गरेपछि यूएईले ठूलो स्कोर बनाउन सकेन । यूएईको अजमनमा भइरहेको फाइनलमा टस जितेर नेपालले यूएईलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।


यसक्रममा यूएईले ४५.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका लागि अहमद खुदाददले सर्वाधिक ७१ रन बनाए ।
उनले १ सय २६ बलको सामना गरेर ६ चौका प्रहार गरे । यस्तै नूरउल्लाह आयुबीले २६ रन जोडे । नेपाली बलरमध्ये दयानन्दले १७ रनमा ६ विकेट लिए । नेपाल र यूएई फाइनलमा प्रवेश गरेसँगै यू–१९ एसियाकपका लागि छनोट भइसकेका छन् ।