माज र अनिलको अर्धशतकमा जनकपुरको पहिलो जित

होमल्याण्ड खबर

२०८२ मंसिर १७ गते, मंगलवार १५:१० मा प्रकाशित

अनिल शाह र माज सदाकतले उत्कृष्ट ब्याटिङ गर्दै अर्धतशक प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार चार खेलको जितविहीन यात्रालाई समाप्त गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित हात पारेको छ ।

माज सदाकत र अनिल शाहको अर्धशतकमा जनकपुरले चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । पहिलो जितपछि जनकपुरले ५ खेलबाट २ अंक जोड्दै अंकको खाता खोलेको छ । जनकपुरले यो जितबाट प्लेअफको झिनो सम्भावना कायम राखेको छ ।

उता चितवनको भने पाँच खेलमा यो तेस्रो हार हो । ५ खेलबाट ४ अंकसहित चितवन चौथो स्थानमा छ ।