कर्मचारी समायोजन प्रकृया सुरु

होमल्याण्ड खबर

२०७५ पुष ११ गते, बुधबार १५:०९ मा प्रकाशित

आजदेखि कर्मचारी समायोजन प्रकृया सुरु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले केन्द्र, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्न अनलाइन सफ्टवेयर सुरु गरी कर्मचारी समायोजन प्रकृया सुरु गरिएको हो ।

संसद्को राज्यव्यवस्था समितिमा बोल्दै मन्त्री पण्डितले कर्मचारी ट्रेड युनियनसँग छलफल गरेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको पण्डितको दाबी थियो ।

‘रास्ट्रपतिबाट प्रमाणीकरण नभइ अध्यादेश सार्वजनिक गर्ने भन्ने कुरा हुँदैन । मुलभूत कुरामा छलफल भएको हो । रास्ट्रसेवक कर्मचारीको वृत्तिविकासको ढोका बन्द भएको छैन ।

’ मन्त्री पण्डितको भनाई थियो ।

मन्त्री पण्डितका अनुशार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ समायोजन गरिने छ । ३ तहमा नयाँ संरचनाअनुसार कुल १ लाख ३८ हजार १७८ कर्मचारी समायोजन गरिने छ ।