मधेस सरकार गठन गर्न सात दलले दाबी पेश गर्दै

होमल्याण्ड खबर

२०८२ मंसिर २० गते, शुक्रबार १०:४५ मा प्रकाशित

मधेस प्रदेश सरकार गठनका लागि सात राजनितिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ ।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आज साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांसद एवम पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए ।

‘मुख्यमन्त्री हुनेको टुंगो लागिसकेको छ आज २ बजे दाबी पेश गर्न जान्छौँ’, उनले भने ।

सात राजनीतिक दलको गठबन्धनमा जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी रहेको छ ।

लोसपाले मुख्यमन्त्री पाए कांग्रेसले सभामुख पाउने जसपा निकट स्रोतको भनाइ छ ।