पूर्वराष्ट्रपति भण्डारीले आज आगजनीमा परेको सिंहदरबारको अवलोकन गर्ने

होमल्याण्ड खबर

२०८२ मंसिर २२ गते, आईतवार १४:२४ मा प्रकाशित

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनका क्रममा आगजनीमा परेको सिंहदरबारको अवलोकन गर्ने भएकी छन् ।

उनी आज दिउँसो २ बजे सिंहदरबार पुग्ने कार्यक्रम रहेको छ । सो क्रममा पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने उनको सचिवालयले जनाएको छ ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरबार क्षतविक्षत भएको छ ।