प्रतिनिधिसभा पुनर्स्थापना माग्दै रिट दिने निर्णय कांग्रेसले गरेको छैन : नैनसिंह महर

होमल्याण्ड खबर

२०८२ मंसिर २४ गते, मंगलवार १४:१३ मा प्रकाशित

प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेसका केही नेताहरू सर्वोच्च अदालतमा रिट लिएर गएका छन् । विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरे सहितका नेताहरू अदालत गएका हुन् ।

यसप्रति कांग्रेस पार्टीभित्र समेत विरोध भएको छ । कांग्रेसका नेता नैनसिंह महर प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा रिट दिने निर्णय पार्टीले नगरेको बताउँछन् ।

‘संसद विगठन, अलोकतान्त्रिक र असंवैधानिक कांग्रेसको ठहर भए पनि फागुन २१ गतेको निर्बाचनमा भाग लिने कांगेसको सर्वसम्मत निर्णय हो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसर्थ प्रतिनिधि सभा पुनर्स्थापना माग्दै सर्वोच्चमा रिट दिने निर्णय पार्टीले गरेको छैन र गर्न पनि सक्दैन ।’