३० कार्तिक २०८१, शुक्रबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।
बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको छ ।
आजको बैठकमा एक सातादेखि जारी स्थायी कमिटीको बैठकमा सदस्यले उठाएका प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन् ।
बैठकमा पूर्वएमालेका नेताहरुले अध्यक्ष ओलीको कार्यशैली सकारात्मक नभएको भन्दै आलोचना गरेका थिए । स्थायी कमिटीमा उठेको प्रश्नको जवाफ हिजो अर्का अध्यक्ष पुष्पकमल दाहालले दिइसकेका छन् ।
अध्यक्ष ओलीले आज जवाफ दिएपछि नेताहरुका सुझाव समेटेर राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिने नेकपाले जनाएको छ ।