रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पौष ५ सम्म थप्यो

होमल्याण्ड खबर

२०८२ मंसिर २७ गते, शुक्रबार ११:१३ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी आवेदन दिने म्याद थपेको छ। हिजो बिहीबर बसेको सचिवालय बैठकले म्यादलाई पौष ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यहरूको आवश्यकता, उच्च संवाद समितिबीच भइरहेको सम्भावित सहकार्य, साथै जेन–जी अगुवा र सरकारले गरेको समझदारीलाई मध्यनजर गर्दै म्याद थपिएको हो।

सचिवालयले परिस्थितिजन्य आवश्यकताका आधारमा कुनै पनि समयमा उम्मेदवारी आवेदन दिने प्रक्रिया बन्द गर्न सकिने र प्राप्त आवेदनहरूको छनोट प्रक्रिया सुरु गरिने जानकारी गराएको छ।