एमाले महाधिवेशन : तत्काल मतदान सुरु गर्न ईश्वर पोखरेल समूहको माग

होमल्याण्ड खबर

२०८२ पुष १ गते, मंगलवार १४:०७ मा प्रकाशित

नेकपा एमालेको ११ औँ महाधिवेशनस्थल भृकुटीमण्डलमा चुनावी चहलपहल बढिरहेको छ । यसैबीच ईश्वर पोखरेल समूहले तत्काल मतदान सुरु गर्न माग गरेको छ ।

मतदानमा ढिलाइ भइरहेकाले तत्काल सुरु गर्न आफूहरूले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका नेत्री अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

मतदान ढिलाइको नाममा ओली पक्षबाट चलखेल भइरहेको ईश्वर पोखरेलको आरोप छ ।

दिउँसो १ बजेदेखि नै मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म सुरु हुन नसकिरहेका बेला ईश्वर पोखरेलले तत्काल मतदान सुरु गर्न दबाब बढाएको हो