३० कार्तिक २०८१, शुक्रबार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवारका रुपमा अगाडि सार्ने संकेत गरेका छन् ।
बिहीबार काठमाडौंको बत्तीसपुतलीमा पत्रकार सम्मेलन गरेर सिटौलाले आफू १४औँ महाधिवेशनमा सभापतिका लागि तयारी रहेको संकेत गरेका हुन् ।
महासमिति बैठकले कांग्रेसलाई नयाँ विधान र उर्जा दिएको बताउँदै सिटौलाले नेतृत्वमा नयाँ व्यक्ति आउनु पर्ने र आफु पनि सभापतिको लागि योग्य रहेको बताए । उनले १४औँ महाधिवेशनको प्रक्रिया छिटै शुरु गर्न समेत आग्रह गरे ।
उनले भने, ‘दुई वर्ष कांग्रेसको १४औँ महाधिवेशन गर्नका लागि पनि अहिलेदेखि नै गाउँदेखि अधिवेशन थाल्नुपर्दछ ।
सदस्यता वितरणदेखि अनय प्रकृयाहरु अगाडि वढाऔं यसले कार्यकर्तामा उर्जा मिल्छ ।’
कांग्रेसभित्र गुटको राजनीति अन्य हुन नसकेको भन्दै सिटौलाले कांग्रेसलाई विधानअनुसार चलाउनुपर्ने समेत बताए ।