रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए

होमल्याण्ड खबर

२०८२ पुष ८ गते, मंगलवार ०८:४९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सोमबार ६ घण्टा भेटवार्तापछि एउटै गाडीमा बाहिरीएका छन् ।

मध्यरातमा भएको भेटवार्ता सकारात्मक भएको उनीहरु निकट नेताले बताएका छन् । गएराति असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा रवि र बालेनबिच भेटवार्ता भएको भएको थियो ।

भेटमा सभापति लामिछानेले बालेनलाई मिलेर जान र चुनावपछि प्रधानमन्त्री बन्न अफर गरेकाे बताइएकाे छ । तर यसबारे उनिहरुले विवरण सार्वजनिक गरेका छैनन् ।

शुक्रबार कारागारबाट निस्किएलगत्तै रास्वपा सभापति लामिछानेले राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन्।

उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए।

सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि रवि र बालेन्द्रबीचको यो दाेस्राे भेट बताइएकाे छ ।