२३ फाल्गुन २०८२, शनिबार
राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको प्रमुख तीन दलका नेतासँगको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी छन् ।
राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दिउँसो ३ बजे बैठक डाकेका थिए । उक्त बैठकमा आफू पनि आउने भन्दै प्रधानमन्त्री कार्की पुगेकी हुन् ।


राष्ट्रपति कार्यालय स्रोतका अनुसार शीर्ष नेताहरूसँग आफ्नो छलफल नभएकाले बैठकमा सहभागी हुने भनेर जानकारी दिएर कार्की पनि पुगेकी हुन् ।