आयोगले बोलाएपछि सभापति देउवासँग परामर्श लिँदै रमेश लेखक

होमल्याण्ड खबर

२०८२ पुष ९ गते, बुधबार १०:२७ मा प्रकाशित

जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्दैछन् ।

‘पत्र हिजो (मंगलबार) पठाएको छ भन्ने सुनेको छु, तर मैले पाएको छैन,’  संक्षिप्त प्रतिक्रिया दिँदै लेखकले भने, ‘के गर्ने भनेर सल्लाह गर्दैछु ।’

विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो ।