कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता

होमल्याण्ड खबर

२०८२ पुष ११ गते, शुक्रबार १०:२३ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन् । उनीहरूबीच बिहान १० बजेदेखि भेटवार्ता जारी छ ।

खरेलले देउवालाई भेटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्ने कार्यक्रम छ । खरेलको सचिवालयका अनुसार उनी बिहान ११ बजे ओलीलाई भेट्न गुण्डु पुग्नेछन् । त्यसपछि खरेल प्रचण्डलाई भेट्न १२ बजे पुग्नेछन् ।।