२२ फाल्गुन २०८२, शुक्रबार
साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले बढेर दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।


यता चाँदीको मूल्य २७० रुपैयाँले बढेर प्रतितोला ४८३५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ३१ हजार ९ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४१४५ रुपैयाँ कायम भएको छ ।