२३ फाल्गुन २०८२, शनिबार
मोरङमा प्रहरीले गोली हानेर गाँजा तस्करीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । उनीहरू भारतीय नागरिक हुन् ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले गएराति साढे १० बजेतिर मोरङको जहदा गाउँपालिका- २ स्थित तारेगामा सडकबाट पक्राउ गरिएको जानकारी दिइन् ।


चेकजाँचका क्रममा प्रहरी टोलीलाई देखेर बोरा फालेर भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाईफायर गरेको बताइएको छ । उनीहरू गाँजा बोकेर भारततर्फ जान लागेका थिए ।
पक्राउ पर्नेमा भारत अररिया चन्दामोहन वडा नं ५ बस्ने वर्ष २४ को अबुल हसन र सोही वडाको ३० वर्षीय सोहेल खान गरहेका छन् । उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।