२२ फाल्गुन २०८२, शुक्रबार
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेश खेलकुद परिषदलाई ३(० को सोझो सेटमा पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा आइतबार भएको महिला तर्फको दोस्रो खेलमा एपिएफले सुदूरपश्चिमलाई २५(६,२५(११ र २५(१२ ले पराजित गरेको हो। जारी प्रतियोगितामा एपीएफको यो दोस्रो जित हो। प्रतियोगितामा एपिएफले शनिबार पहिलो खेलमा मधेस प्रदेशलाई ३(० ले पराजित गरेको थियो।


आजको पहिलो खेलमा आर्मीले चुली युवा क्लबलाई ३(० ले पराजित गरेको थियो। पुरुष तर्फ पनि आज दुई खेल रहेका छन्। आजको पहिलो खेल हेल्प नेपाल स्पोर्ट्स क्लब र मणी मुकुन्द क्लब बीच भइरहेको छ। दोस्रो खेल नेपाल पुलिस क्लब र खिल्जी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन्।