२३ फाल्गुन २०८२, शनिबार
पाँच राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको बन्दसूची बुझाएका छन् ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सोमबार (पुस १४) मध्याह्न १२ बजेसम्म पाँच दलले समानुपातिक उमेदवारको सूची बुझाएका आयोगले जनाएको छ ।


उमेदवारको सूची बुझाउनेमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल) छन् ।