रास्वपाको पार्टी कार्यालयमा पुगे सुधन ?

होमल्याण्ड खबर

२०८२ पुष १४ गते, सोमबार १५:०४ मा प्रकाशित

 हामी नेपाल नामक संस्थाका संयोजक सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय पुगेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भए पनि कुलमान घिसिङ र उनको पार्टी नसमेटिएपछि सुधन रास्वपाको कार्यालय पुगेका हुन् । आइतबार बालेन र रविबीच सहमति भएको थियो ।

तर, ऊर्जामन्त्री समेत रहेका घिसिङ र उनको उज्यालो नेपाल पार्टीसँग रवि र बालेनको सहमति जुटिसको छैन । यस्तो अवस्थामा सभापति रविलगायतका नेताहरूसँग कुराकानी गर्ने भन्दै सुधन वनस्थलीस्थित पार्टी कार्यालय पुगेका हुन् ।