२२ फाल्गुन २०८२, शुक्रबार
क्याटालन जायन्ट्स बार्सिलोनाले स्पेनिस ला लिगामा दोस्रो स्थानमा रहेको रियाल मड्रिडविरुद्ध सात अंकको दुरी बनाएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले छिमेकी प्रतिद्वन्द्वी स्पान्योललाई २–० ले हरायो । पाहुना टोली बार्सिलोनाको जितमा ड्यानी ओल्मो र रोबर्ट लेवान्डोवस्कीले समान एक गोल गरेका थिए ।


ओल्मोले ८६औँ मिनेटमा गोलको खडेरी तोडेका थिए । उनले फेर्मिन लोपेजको पास सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । उनकै पासमा लेवान्डोस्कीले अन्तिम मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
लिगमा १९ मध्ये बार्सिलोनाले १६औँ जित निकालेको हो । दुई खेलमा पराजित भएको बार्सिलोनाले ४९ अंक जोडेको छ । एक खेल कम खेलेको रियालले ४२ अंक जोडेको छ । तेस्रो स्थानको भियारियालको ३८ अंक छ । बार्सिलोनासँग पराजित स्पान्योल ३३ अंकसहित पाँचौँ स्थानमा छ ।
एक खेल कम खेलेको रियालले आज राति नै रियाल बेटिसको सामना गर्नेछ ।