रास्वपाको केन्द्रीय समितिमा ७ जना मनोनयन

होमल्याण्ड खबर

२०८२ पुष २० गते, आईतवार १६:१५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीको ५८औँ केन्द्रीय समिति बैठकले पार्टी समायोजनपछि सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आज (पुस २०) गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा संगठनात्मक समायोजनलाई थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ सदस्यहरू मनोनयन गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

मनोनयन हुने केन्द्रीय समिति सदस्यहरू यस प्रकार छन्:

१. समिक्षा वास्कोटा
२. प्रकाशचन्द्र परियार
३. सुरज प्रधान
४. नवराज थापा
५. आशुतोष प्रधान
६. धनेज थापा
७. रञ्जु दर्शना