२३ फाल्गुन २०८२, शनिबार
धनुषाको मस्जिद तोडफोड र धार्मिक ग्रन्थ जलाउने घटनापछि वीरगन्जमा जारी निषेधज्ञाको समय साँझ ६ बजेसम्म विस्तार गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, पछिल्लो तनाव र दुई फरक समुदायबीच बढ्दो अशान्तिलाई ध्यानमा राख्दै प्रशासनले यो कदम उठाएको हो।


धनुषाको कमलमा–६ सखुवा मराडस्थित मस्जिदमा शनिबार भएको तोडफोड र कुरान जलाउने घटनापछि आइतबारदेखि प्रदर्शन सुरु भएको थियो।
प्रशासनले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन र आवतजावत सुरक्षाकर्मीसँग समन्वयमा गर्न नागरिकलाई अनुरोध गरेको छ।