काठमाडौंको गैरिगाउँमा भीषण आगलागी

होमल्याण्ड खबर

२०८२ पुष २२ गते, मंगलवार १५:५६ मा प्रकाशित

काठमाडौंको सिनामंगल क्षेत्रमा काठको गोदाममा आगलागी भएको छ ।

गैरिगाउँस्थित गोदाममा अचानक आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

आगलागीको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको उनले बताए ।