कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्य छुट्टै छलफलमा

होमल्याण्ड खबर

२०८२ पुष २५ गते, शुक्रबार १०:३७ मा प्रकाशित

सभापति शेरबहादुर देउवा, इतर समूहका नेता शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटेर विवाद समाधानको उपाय खोज्न आग्रह गरिसकेको उक्त समूह शुक्रबार आन्तरिक छलफलमा जुटेको हो । छलफल ललितपुरको कुपण्डोलमा आयोजना गरिएको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् ।

केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार कोइरालासँग पार्टीमा चुलिएको महाधिवेशनसम्बन्धी विवादको व्यवस्थापनका लागि मध्यमार्गी निकास निकाल्न छलफल भएको थियो । यसअघि निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको यो समूहले २२ पुसमा नेता डा. शेखर कोइरालासँग छलफल गरेको थियो ।

समूहका सदस्यहरुले त्यसअघि १८ पुसमा सभापति शेरबहादुर देउवालाई भेटेका थिए । सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो ।

२५ जनाको यो समूह १५ औं महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला निर्वाचनअगावै हुनुपर्ने पक्षमा उभिएको थियो ।