आमाबुबाको आशीर्वाद लिएर महाधिवेशनमा हिँडे गगन थापा

होमल्याण्ड खबर

२०८२ पुष २७ गते, आईतवार १३:२८ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विशेष महाधिवेशनका लागि भृकुटीमण्डप जाँदै छन् ।

आज दिउँसो १ बजे उद्घाटन हुने भनिएको महाधिवेशनमा जानुअघि थापाले आमाबुबासँग आशीर्वाद लिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदै छु ।’