कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन गगन थापाको आग्रह

होमल्याण्ड खबर

२०७५ पुष १३ गते, शुक्रबार १४:५१ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबारको संसद बैठकमा बोल्दै सांसद थापाले अध्यादेश फिर्ता लिएर तत्काल संघ, प्रदेश र स्थानीय तहको निजामती सेवा ऐन ल्याउन आग्रह गरे ।

सरकारले संसदलाई छलेर अध्यादेश ल्याएको दाबी गर्दै उनले यो अध्यादेशले समाधान समाधान गर्नेभन्दा पनि समस्या बल्झाइरहेकोतर्क गरे।

थापाले भने, ‘हामीले कतिपटक भन्यौं- प्रधानमन्त्रीज्यू नबोल्नुस, काम गर्नुस्। तर उहाँ अहिले कि बोल कि पोलमा मात्र लागिरहनु भएको छ । संघीय निजामति सेवा ऐन, प्रदेश सेवा ऐन नल्याइकन ल्याएको अध्यादेशको के काम ?’

अहिले केन्द्रदेखि स्थानीय तहसम्मका कर्मचारी आन्दोलनमा छन्।

के अब उनीहरूलाई घोक्र्याएर पठाउने होरु’ भन्दै उनले प्रश्न समेत गरे ।

सांसद थापाले देउवा सरकारले यसअघि ल्याएको अध्यादेश रोकेर फेरि त्यस्तै अध्यादेश ल्याएको बताएका उनले कर्मचारीको समस्या सुल्झाउन कांग्रेसले सरकारलाई सहयोग गर्ने भन्दै उनले संसदमा ऐन पारित गर्न रातारात काम गर्न तयार रहेको बताए । उनले भने , ‘अध्यादेश फिर्ता लिएर जानोस् तत्काल तीनै तहको ऐन ल्याउनोस्. संसदमा रातारात काम गरौं कर्मचारीको समस्या समाधान गर्ने कुरामा सरकारसँग मिलेर काम गर्ने प्रस्ताव राख्छौं ।’