२३ फाल्गुन २०८२, शनिबार
नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थल काठमाडौँको भृकुटीमण्डप विभिन्न क्षेत्रबाट आएको र्यालीले भरिएको छ।
काठमाडौँ उपत्यका तीनै जिल्लाबाट काँग्रेस नेता तथा कार्यकर्ताको र्याली भृकुटीमण्डप पुगेका छन्। क्षेत्रीय समितिको अगुवाइमा आएका र्यालीले विशेष महाधिवेशन स्थल भरिभराउ भएको छ।


केहीबेरमा विशेष महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। र्याली आउने क्रम जारी रहेकाले उद्घाटन समारोह सुरु भएको छैन।