२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका हरेक कमिटीमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समावेश भएको सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।
सोमबार काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको बन्दशत्र (विशेष महाधिवेशन)मा शर्माले ‘क्लस्टर’ नै तोकेर युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिवेदन पेश गरेका हुन् ।


शर्माले पेश गरेको प्रस्तावअनुसार, ३० वर्षमुनि र ३० देखि ४० वर्ष उम्मेर समूहका युवालाई केन्द्रमा २०-२०, प्रदेशमा १०-१०, जिल्ला, क्षेत्र र पालिकामा ६-६ तथा वडामा ४-४ जनाको प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।
साथै, पार्टीमा ‘ल्याटरल इन्ट्री’को व्यवस्था गर्ने प्रस्ताव पनि विश्वप्रकाशले गरेका छन् ।
हेर्नुहोस्, विश्वप्रकाशको प्रतिवेदन :