२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान हुने भएको छ ।
निर्वाचन हुने पदहरूमा विद्युतीय मतदानको व्यवस्था गरिने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।


मनोनयन सकेर दिउँसो १ बजे उम्मेदवारको नामावली प्रकाश गर्ने उनले बताए । त्यसपछि विद्युतीय मतदानमार्फत नेतृत्व चयन हुने केसीको भनाइ छ ।
पार्टीका ५४ प्रतिशत महाधिवेशनको मागलाई पार्टी नेतृत्वले लत्याएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशन आयोजना भएको हो ।
सहमतिको प्रयास सफल हुन नसकिरहेका बेला भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अगाडि बढेको हो ।
बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा भएको निर्णायक वार्ता निष्कर्षविहीन बनेको थियो ।