२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसमा विवाद समाधानका लागि अन्तिम प्रयास जारी छ । सहमतिको प्रयास भइरहेकाले अहिले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भए पनि उम्मेदवारको सूची होल्ड गरिएको छ ।
सहमतिका लागि भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार बिहान सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । तर, सहमति नभएपछि नयाँ कार्यसमिति चयनको प्रक्रिया अगाडि बढाइएको थियो । सभापतिमा गगन थापाको एकल उम्मेदवारी दर्ता भएको छ भने दुई पदको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी दर्ता भएको छ । सहमतिका लागि भन्दै गगन–विश्वले सभापति देउवालाई ८ बुँदा पठाएका छन् ।


सानेपामा केन्द्रीय कार्यसमितिको बैठक पनि रोकिएको छ । नेताहरू छलफलमा रहेकाले बैठक रोकिएको नेताहरूले बताएका छन् ।
यस्ता छन् बुँदाहरू