फुटको गतिविधि गर्नेलाई कारबाही नगर्न सकिएन : विमलेन्द्र निधि

होमल्याण्ड खबर

२०८२ माघ १ गते, बुधबार १६:११ मा प्रकाशित

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फुटको गतिविधि नरोकिएकाले तीन नेतालाई कारबाही गर्नुपरेको बताएका छन् ।

उनले केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।

“फुटको गतिविधि नरोकिएपछि कारबाही नगर्न सकिएन,” उनको भनाइ थियो ।

भर्खरै सकिएको बैठकले महामन्त्रीद्वय गगन थापा र महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेको छ ।