३० कार्तिक २०८१, शुक्रबार
संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुनुवाई आज आइतबार हुँदैछ ।
संसदीय सुनुवाइ विशेष समितिमा परेका व्यक्तिगत ८ र एक सैद्धान्तिक उजुरीसमेतको सुनुवाइ गर्न आइतबार दिउँसो २ बजे बैठक बोलाइएको छ ।
शुक्रवार जबराविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको समितिले आज सुनुवाइ गर्न लागेको हो ।
सुनुवाइपछि समितिले स्वीकृत वा अस्वीकृतको निर्णय पनि आजै गर्ने सम्भावना रहेको छ । समितिबाट स्वीकृत भएमा जबरा प्रधानन्यायाधीश नियुक्ति हुने छन् ।
संवैधानिक परिषद्को बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।