पार्टी मिलाउने होइन, जालझेल गर्ने काम भयो – गगन थापा

होमल्याण्ड खबर

२०८२ माघ १ गते, बुधबार १६:३३ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र सहमति जुटाउन अधिकतम प्रयास गरेको बताएका छन् ।

त्यही प्रयास स्वरूप आफूहरूले विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सारिरहेको जनाएका छन् । तर, संस्थापन पक्षका सहमहामन्त्री बद्री पाण्डे आफूहरूलाई कारबाही गरिएको विवरण बुझाउन निर्वाचन आयोगमा रेडी भएर बसेको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय समिति बैठकले बुधबार कारबाही गरेपछि विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले भने, ‘यता निर्वाचन कार्यतालिका सारेको सार्‍यै, उता सहमहामन्त्री बद्री पाण्डे निर्वाचन आयोगमा रेडी भएर बस्नुभएको रहेछ । कतै पार्टी मिलाउने होइन, भित्र एउटा कुरा भन्ने, बाहिर अर्को कुरा भन्ने । जालझेल गर्ने काम भयो ।’