कुनै पनि महाधिवेशनको अधिकार केन्द्रीय समितिलाई मात्रै छ : पूर्णबहादुर खड्का

होमल्याण्ड खबर

२०८२ माघ ३ गते, शुक्रबार १४:५५ मा प्रकाशित

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले केन्द्रीय समितिबाहेकलाई कुनै पनि महाधिवेशन गर्ने अधिकार नभएको बताएका छन् । देउवा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विवादबारे शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

पार्टी केन्द्रबाहेक अरु कुनै पदाधिकारी केन्द्रीय सदस्यलाई महाधिवशेनको अधिकार नभएको उनले बताए । तर पार्टीभित्र केही अनुशासनविपरीत विशेष नाममा भएको गतिविधि विधानविपरीत भएको उनले बताए ।

‘पार्टीभित्रै केही व्यक्तिले विशेष महाधिवेशनको नाममा विभिन्न अनुशासनबाहिरका गतिविधि गर्दै आएको छ । यहीसँग जोडिएर विशेष महाधिवशेनको नाममा भेला बोलाए र विधानविपरीत भेलाको आयोगना गरेर निर्वाचन आयोगमा पुगेको कुरा सञ्चारमाध्यमबाट थाहा पायौँ,’ खड्काले भने, ‘यसैका आधारमा सिंगो कार्यसमिति निर्वाचन आयोग पुगेर वैधानिक र अधिकारको कुरा राख्यौँ । कांग्रेसको विधानको बारेमा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।’