निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक

होमल्याण्ड खबर

२०८२ माघ ५ गते, आईतवार १५:१० मा प्रकाशित

प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् ।

आइतबार ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक हुनेछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । चुनावका लागि प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । तर राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेपछि केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन्  ।