सञ्चारमन्त्री खरेलले राजीनामा दिने तयारी

होमल्याण्ड खबर

२०८२ माघ ६ गते, सोमबार १३:१४ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं अन्तरिम सरकारका प्रवक्ता जगदीश खरेलले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले आजै (माघ ५) राजीनामा दिने तयारी गरेका खरेलनिकट स्रोतले बताएको छ ।

राजीनामा दिएर उनी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिस्पर्धा गर्ने उनको तयारी रहेको स्रोतको भनाइ छ ।