गोरखा–२ मा प्रलोपाबाट डा. बाबुराम भट्टराई

होमल्याण्ड खबर

२०८२ माघ ६ गते, सोमबार १३:१६ मा प्रकाशित

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

डा. भट्टराई गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको उमेदवार बनेका हुन् ।  डा. भट्टराई गोरखा पुगिसकेका छन् ।

मंगलबार मनोनयन दर्ता गर्ने र आफ्नो निर्वाचन क्षेत्रको जनमत बुझ्न उनी गोरखा पुगेको सचिवालयले जनाएको छ ।