२३ फाल्गुन २०८२, शनिबार
रास्वपा सभापति रवि लामिछानेले आफू सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने दाबी गरेका छन् ।
सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यसअघि आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेको र अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने जिकिर गरे । ‘हिजो सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु,’ उनले भने ।


आफू प्रत्येक दिन मेरो टाउकोमा लागेको मुद्दाका कारण कुनै न कुनै अदालतमा जानपरेको भन्दै गुनासो गरे ।