२३ फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगाबाट नेता रामहरि खतिवडालाई टिकट नदिने निर्णय गरेको छ। यसअघि प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस भएका खतिवडा अन्ततः टिकटबाट बाहिरिएका हुन्।
सोमबार बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले ओखलढुंगा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि कुमार लुइँटेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यससँगै गृहजिल्लाबाट पुनः चुनाव लड्ने खतिवडाको प्रयास सफल हुन सकेन।


रामहरि खतिवडा यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ओखलढुंगाबाट विजयी भई सांसद बनेका थिए। तर यसपटक पार्टीको निर्णयले उनलाई प्रतिस्पर्धाबाट बाहिर राखेको छ।