राजेन्द्र लिङ्देनद्वारा झापा-३ मा उम्मेदवारी दर्ता
होमल्याण्ड खबर
२०८२ माघ ७ गते, मंगलवार १३:२१ मा प्रकाशित
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि झापा-३ बाट उम्मेदवारी दर्ता गरेका हुन्। लिङ्देन गएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
उम्मेदवारी दर्तापछि उनले देश बचाउन र बनाउन आफूलाई जिताउन आह्वान गरेका छन्।