गोरखा– २ मा नेकपाका लेखनाथ न्यौपानेले गरे मनोनयन दर्ता

होमल्याण्ड खबर

२०८२ माघ ७ गते, मंगलवार १४:०८ मा प्रकाशित

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा २ बाट लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका उनले मंगलबार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन् ।

उनको प्रस्तावकमा विशेश्वर कट्टेल र समर्थकमा भगवती तिवारी रहेका छन् । सरल नेता मानिने उनी पहिलो पटक चुनाव लड्दै छन् ।