२४ श्रावण २०८३, आईतवार
राष्ट्रिय झण्डाको दुरुपयोग पछिल्लो समय बढ्दै गएको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। आन्दोलनका नाममा झण्डा ओढ्ने, अराजक गतिविधिमा प्रयोग गर्ने तथा चुनावी प्रचारका क्रममा मत माग्न प्रयोग गर्ने प्रवृत्ति बढेको उनीहरूको भनाइ छ।
संविधानविद् डा. भिमार्जुन आचार्यले राष्ट्रिय झण्डा कुनै साधारण कपडा नभई देशको सार्वभौमिकता, पहिचान र सम्मानको प्रतीक भएकाले यसको दुरुपयोग अस्वीकार्य रहेको बताए।


उनले यस्ता कार्य तुरुन्त रोक्न सम्बन्धित निकायले स्पष्ट कानुनी र प्रशासनिक कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन् । राष्ट्रिय झण्डाको मर्यादा जोगाउन राज्य संयन्त्र गम्भीर बन्नुपर्ने र नागरिकस्तरबाट पनि सचेतना आवश्यक रहेको उनको जोड छ।
